नियम १८
पक्राउ पूर्जी
(१) अनुसन्धानको सिलसिलामा कसैलाई पक्राउ गर्नु परेमा मुद्दा हेर्ने अधिकारीको अनुमति लिई अनुसूची-७ बमोजिमको ढाँचामा पक्राउ पूर्जी दिनु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूर गर्ने व्यक्ति तत्काल पक्राउ नभएमा त्यस्तो व्यक्ति भाग्ने उम्कने वा निजले प्रमाण, दसी वा सबुद नष्ट गर्ने सम्भावना भएमा अनुसूची-७क. बमोजिमको ढाँचामा तत्कालै जरुरी पक्राउ पूर्जी जारी गरी त्यस्तो व्यक्तिलाई पक्राउ गरी स्वीकृतिको लागि पक्राउ परेको व्यक्ति सहित मुद्दाहेर्ने अधिकारी समक्ष पेश गर्नुपर्नेछ ।